अमेरिकी केन्द्रिय बैंकद्वारा नीतिगत ब्याजदर यथावत

एजेन्सी । अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भ (फेड) ले बुधवार नीतिगत ब्याजदरलाई यथावत राख्ने निर्णय गरेको छ ।

फेडरल ओपन मार्केट कमिटी (एफओएमसी) को बैठकले संघीय कोषको ब्याजदरलाई ३.५ देखि ३.७५ प्रतिशतको सीमाभित्रै स्थिर राख्ने निर्णय गरेको हो ।

बैठकपछि जारी विज्ञप्तिमा मध्यपूर्वको द्वन्द्वका कारण उत्पन्न अनिश्चितताका बाबजुद आर्थिक गतिविधि सुदृढ गतिमा विस्तार भइरहेको उल्लेख गरिएको छ ।

यद्यपि, मुद्रास्फीति अझै पनि कमिटीको २ प्रतिशतको लक्ष्यभन्दा माथि नै रहेको छ । ऊर्जा लगायतका निश्चित क्षेत्रहरूमा आपूर्ति प्रणालीमा देखिएको अवरोधका कारण मूल्य वृद्धि हुँदा मुद्रास्फीति अपेक्षित सीमाभित्र नआएको विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी, एफओएमसीले बैंकिङ प्रणालीमा पर्याप्त मौज्दात (रिजर्भ) कायम राख्ने आफ्नो नीतिलाई निरन्तरता दिने प्रतिवद्धता समेत दोहोर्याएको छ । नीतिगत ब्याजदरलाई स्थिर राख्ने निर्णयमा कमिटीका सबै १२ सदस्यहरूले सर्वसम्मत मतदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 4 =