निक्षेप फिर्ताको माग गर्दै कर्णाली डेभलपमेण्ट बैंकका बचतकर्ताद्वारा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । कर्णाली डेभलपमेण्ट बैंकमा जम्मा गरेको निक्षेप फिर्ता नपाएको भन्दै पीडित बचतकर्ताहरूले काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

बाँके, बर्दिया र दाङ जिल्लामा रहेका बैंकका १९ वटा शाखा कार्यालयका बचतकर्ताहरूले सोमवार काठमाडौँमा भेला भई प्रदर्शन गरेका हुन् ।

लामो समयदेखि आफ्नो निक्षेप फिर्ता पाउन नसकेको र सम्बन्धित निकायले मागको सुनुवाइ नगरेको उनीहरूको गुनासो छ । प्रदर्शनका क्रममा उनीहरूले कर्णाली बैंक घोटालाका दोषीहरूलाई कारबाही गर, संस्थाहरूको बचत फिर्ता गर, र जनताको निक्षेप तुरुन्त फिर्ता गर, जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए ।

बैंकमा भएको अनियमितताका कारण आफ्नो बचत जोखिममा परेको भन्दै उनीहरूले तत्काल रकम फिर्ताको सुनिश्चितता गर्न माग गरेका छन् ।

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 20 =