युवा बेरोजगारी बढेपछि बेलायतमा ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम

एजेन्सी । बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको सङ्ख्या १० लाख नजिकै पुगेको र यहाँ यसवाहरूबीच ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम बढेको छ ।

समस्या समाधानका लागि कुनै पहल नगरिएमा सन् २०३१ सम्ममा रोजगारी, शिक्षा वा तालिममा नजाने १६ देखि २४ वर्ष उमेर समूहका युवाको सङ्ख्या १२ लाख ५० हजार अर्थात् हरेक छ युवामध्ये एक जनामा यो समस्या रहने हालै सार्वजनिक प्रतिवेदनले चेतावनी दिएको छ ।

प्रधानमन्त्री केइर स्टार्मरले गत वर्ष बढ्दो युवा बेरोजगारीको कारण बुझ्नको लागि समीक्षा गरेका छन् ।

‘हामी ‘लस्ट जेनेरेसन’को पुस्ताको जोखिममा छौँ,’ समीक्षाको नेतृत्व गर्ने लेबर पार्टीका पूर्व क्याबिनेट मन्त्री एलन मिलबर्नले बिहीबार रिपोर्ट प्रस्तुत गर्नुअघि भने ।

उनले भने, ‘यो युवाहरूको असफलता होइन। यो विगतमा अड्किएको व्यवस्थाको असफलता हो ।’

रिपोर्ट अनुसार बेलायतका युवाहरू ‘रोजगारीको अवसरको सिढीको पहिलो खुड्किलो’ मा पुग्न सङ्घर्ष गरिरहेका छन् र १२ लाख ५० हजार बेरोजगार युवामध्ये ८४ प्रतिशत युवाले जागिर वा प्रशिक्षणमा जोडिन चाहन्छन् ।

रिपोर्टमा भनिएको छ, ‘यो आतिथ्य रोजगारी, सप्ताहन्तको रोजगार र उद्यमजस्ता प्रवेश–स्तरको भूमिकाहरूमा ‘तीव्र गिरावट’ को परिणाम हो ।’

‘चाहे त्यो शिक्षा होस् वा स्वास्थ्य वा कल्याण, त्यो प्रणालीले श्रम बजारमा उनीहरूको सहभागिता सक्षम गर्न असफल हुन्छ,’ मिलबर्नले भने ।

प्रस्तावित समाधानहरू वर्षको अन्त्यमा विस्तृत रूपमा तय गरिएको छ ।

‘मिलबर्न समीक्षामा पहिचान गरिएका मुद्दाहरू लामो समयदेखि व्यवसायहरूले रिपोर्ट गरेका छन्,’ ब्रिटिश चेम्बर्स अफ कमर्सका महानिर्देशक शेभन ह्याभिल्यान्डले भने ।

उनले भने, ‘यो रिपोर्ट रोजगारी, शिक्षा र प्रशिक्षणमा नभएका युवाहरूको सङ्कटको बारेमा नीति निर्माताहरूका लागि चेतावनीको हुनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 11 =