अध्यक्ष ओलीद्वारा इदको शुभकामना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइमा बकर इदको शुभकामना व्यक्त गरेका छन् ।

इदको शुभकामना व्यक्त गर्दै उनले ‘हाम्रो देश विविध आस्था, संस्कार र सभ्यता संरक्षित भएको पावन भूमि हो यहाँका मन्दिरको शङ्खनाद, मस्जिदको अजान, गुम्बाको मन्त्र र सनातन संस्कृतिका सबै स्वर एउटै आकाशमुनि सहअस्तित्वको सङ्गीत बनेर गुञ्जिएका छन् । हाम्रो शक्ति यहाँका विविधताबिचको एकतामा छ । यही सहिष्णुता र सद्भावले नेपाललाई आत्मिक सहअस्तित्वको भूमि बनाएको छ’, भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 18 =