ओप्पो नेपालले सार्वजनिक गर्यो नयाँ OPPO A6C स्मार्टफोन, मूल्य २०हजार ९९९

काठमाडौँ । ओप्पो नेपालले नेपाली बजारमा नयाँ स्मार्टफोन OPPO A6C सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, शक्तिशाली ७००० एमएएच ब्याट्री, एआई फिचर तथा टिकाउ संरचनासहित ल्याइएको यो स्मार्टफोन नेपाली उपभोक्तालाई लक्षित गर्दै सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार OPPO A6C मा ७००० एमएएच क्षमताको ठूलो ब्याट्री प्रयोग गरिएको छ, जसले लामो समयसम्म सहज र भरपर्दो प्रयोग अनुभव प्रदान गर्नेछ । गेमिङ, भिडियो स्ट्रिमिङ, इन्टरनेट ब्राउजिङ तथा दैनिक प्रयोगका लागि उपयुक्त रहेको फोनमा रिभर्स वायर्ड चार्जिङ सुविधा समेत उपलब्ध छ । साथै, कम्पनीले ब्याट्री ६ वर्षसम्म टिकाउ रहने दाबी गरेको छ ।
डिजाइनतर्फ फोनलाई फ्ल्यागशिप स्मार्टफोनबाट प्रेरित प्रिमियम लुक दिइएको छ । OPPO A6C ‘Feather White’ र ‘Stone Brown’ दुई आकर्षक रंगमा उपलब्ध हुनेछ। फोनमा रहेको १२० हर्ज अल्ट्रा ब्राइट डिस्प्लेले स्मूथ स्क्रोलिङ, जीवन्त रङ तथा उत्कृष्ट दृश्य अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।
फोटोग्राफी अनुभवलाई स्मार्ट बनाउन फोनमा AI Eraser र AI Clear Face जस्ता एआई फिचर समावेश गरिएको छ । यी सुविधामार्फत प्रयोगकर्ताले तस्बिरबाट अनावश्यक वस्तु हटाउन तथा अनुहारको स्पष्टता सुधार गर्न सक्नेछन् ।
टिकाउपनालाई प्राथमिकता दिँदै फोनमा आईपी६४ स्तरको पानी तथा धुलो प्रतिरोधी सुविधा दिइएको छ । साथै, ४८ महिनासम्म फोनको कार्यसम्पादन स्थिर राख्न Fluency Protection सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
ग्राहकलाई थप भरोसा प्रदान गर्न OPPO ले OPPO A6C खरिदमा विशेष २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी समेत उपलब्ध गराएको छ । यो अफर जेठ १ देखि असार १, २०८३ सम्म फोन खरिद गर्ने ग्राहकका लागि लागू हुने कम्पनीले जनाएको छ । योजनाअन्तर्गत योग्य ग्राहकहरूले १ महिनासम्म इन्स्ट्यान्ट रिप्लेसमेन्ट सुविधा प्राप्त गर्नेछन् भने यो सेवा असार ३१, २०८३ सम्म कायम रहने बताइएको छ ।
कम्पनीका अनुसार तोकिएको अवधिभित्र देखिएका योग्य हार्डवेयरसम्बन्धी समस्यामा मात्र यो सुविधा लागू हुनेछ । सामान्य मर्मत सेवाको सट्टा योग्य ग्राहकलाई सिधै नयाँ रिप्लेसमेन्ट डिभाइस उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
OPPO A6C को ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्ट नेपालभरका आधिकारिक OPPO रिटेल स्टोरमा २० हजार ९९९ रुपैयाँ प्रारम्भिक मूल्यमा उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ ।
यसैबीच, ओप्पो नेपालले OPPO A6 सिरिजअन्तर्गत OPPO A6 (8GB + 128GB) भेरियन्ट पनि नेपाली बजारमा सार्वजनिक गरेको छ। ‘Sapphire Blue’ र ‘Aurora Gold’ रंगमा उपलब्ध यो स्मार्टफोनको मूल्य ४० हजार ९९९ रुपैयाँ तोकिएको छ । बढी स्टोरेज, सहज मल्टिटास्किङ तथा प्रिमियम स्मार्टफोन अनुभव खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै यो भेरियन्ट ल्याइएको कम्पनीले जनाएको छ ।








