मध्यपूर्व द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि पाकिस्तानको प्रयास जारी

काठमाडौं । पाकिस्तानले मध्यपूर्वमा व्याप्त तनाव कम गर्न र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि आफ्नो कूटनीतिक प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

इस्लामावादमा बिहीवार आयोजित साप्ताहिक प्रेस ब्रिफिङका क्रममा परराष्ट्र मन्त्रालयका प्रवक्ता ताहिर हुसैन एन्द्राबीले पाकिस्तानले मध्यपूर्वमा शान्ति स्थापनाका लागि सक्रिय भूमिका खेलिरहेको जानकारी दिए ।

उनले पाकिस्तानले यस द्वन्द्वमा संलग्न सबै पक्षहरूसँग सञ्चारका माध्यमहरू खुला राखेको समेत स्पष्ट पारे ।

इरान र संयुक्त राज्य अमेरिकासँगको कुटनीतिक सम्बन्ध र संवाद निरन्तर जारी रहेको उल्लेख गर्दै प्रवक्ता एन्द्राबीले कूटनीतिक पहलकै कारण इरान र अमेरिकाबीच युद्धविराम सम्भव भएको र सो स्थिति हाल स्थिर रहेको बताए ।

द्वन्द्व समाधानका लागि पुराना र नयाँ विभिन्न प्रस्तावहरूमाथि छलफल भइरहेको जानकारी दिँदै उनले दुवै पक्षबीच आन्तरिक रूपमा समेत परामर्श भइरहेको बताए । पाकिस्तानले मध्यपूर्वमा स्थिरता कायम गर्नका लागि सधैं वार्ताको पक्षमा वकालत गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 1 =