सरकार सांस्कृतिक सम्पदाहरुको संरक्षण र संवर्द्धनलाई थप सुदृढ बनाउन प्रतिवद्ध छः पर्यटन सचिव निरौला

काठमाडौँ । सरकारले सांस्कृतिक सम्पदाहरूको संरक्षण र सम्वद्र्धनलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।
शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले दिगो र जिम्मेवार पर्यटन प्रवद्र्धनका लागि पनि त्यस्ता खालको सम्पदाहरूको उचित संरक्षण र संवद्र्धनका लागि आवश्यक नीति, सहकार्य र समन्वयलाई थप सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
सचिव निरौलाले सांस्कृतिक सम्पदाहरूले नेपालको विशिष्ट पहिचान निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गराउँदै विश्व पर्यटन बजारमा नेपाललाई पृथक र आकर्षक गन्तव्यको रूपमा स्थापित गराउन पनि ठुलो योगदान पु¥याएको स्पष्ट पारे ।
सचिव निरौलाले सांस्कृतिक सम्पदाहरूको उचित संरक्षणका लागि समुदायको अग्रसरता अनिवार्य रहेको तथ्य पनि उल्लेख गरे ।








