सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक चिट, सिंहदरबारमै कारबाही

काठमाडौं । सभामुख डीपी अर्याल सवार रहेको भनिएको सवारीसाधनलाई ट्राफिक प्रहरीले चिट काटेको छ । थापाथली क्षेत्रमा ट्राफिक नियम उल्लंघन गरेको भन्दै उक्त गाडीमाथि कारबाही गरिएको हो ।

स्राेतकाअनुसार सभामुखको गाडीसहित अगुवा र पछुवा गरी तीनवटा सवारीसाधनलाई ट्राफिक प्रहरीले चिट काटेको हो । ती सवारीसाधनले लेन मिच्दै नियम उल्लंघन गरेको पाइएको जनाइएको छ ।

थापाथलीमा नियम उल्लंघन गर्दै अघि बढेको उक्त गाडी सिंहदरबार पुगेपछि ट्राफिक प्रहरी त्यहीँ पुगेर चिट काटेको बताइएको छ ।

ट्राफिक प्रहरी स्रोतले घटनाको पुष्टि गर्दै नियम उल्लंघन गर्ने जो–कोहीलाई समान रूपमा कारबाही गरिने जनाएको छ । उक्त समयमा सभामुख डीपी अर्याल स्वयं गाडीमा सवार थिए वा थिएनन् भन्नेबारे भने प्रहरीले स्पष्ट जानकारी दिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + two =