काँग्रेसको निर्णय- जनपक्षीय काममा सरकारलाई समर्थन, विधि मिचिए सचेत गराउने

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलले सरकारले ल्याउने जनपक्षीय कामहरूलाई समर्थन गर्ने तर विधि र कानुन मिचिएमा सचेत गराउने निर्णय गरेको छ ।

नयाँ निर्वाचित संसदको पहिलो संयुक्त संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय सभाका सांसद कृष्णबहादुर रोकायले यस्तो जानकारी दिएका हुन् ।

सिंहदरबारमा बसेको बैठकमा पार्टीको आगामी भूमिका र संसद्मा सांसदहरूको सक्रियताका विषयमा घनिभूत छलफल भएको उनले बताए । तर सरकारले कतै विधि र कानुन मिच्ने ढङ्गले जनता र देशलाई अहित हुने कुरा ल्याएमा काँग्रेसले कडा रूपमा सचेत गराउने उनको भनाइ छ । बैठकमा संसद्मा पार्टीको उपस्थितिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि सांसदहरूबीच छलफल भएको छ ।

उनले भने ‘नयाँ निर्वाचित संसदको पहिलो संसदीय दलको बैठक हो । यो बैठकमा नेपाली काँग्रेस पार्टी कसरी जाने भन्नेमा संयुक्त संसदीय दलको बैठक बस्यो र अन्य विषयमा पनि छलफल भएको छ । नेपाली काँग्रेसका सांसदहरूले आफ्नो भूमिकालाई सक्रियतापूर्वक प्रस्तुत गर्ने र सरकारले ल्याउने हरेक कदमहरू, जनता, देशको पक्षमा ल्याउने जनपक्षिय कामहरूलाई समर्थन गरेर जाने र यदि कतै विधिलाई, कानुन मिच्ने ढङ्गले जनता र देशलाई अहित हुनेकुरा ल्याए हामी सचेत गराउँछौँ ।’

उनअनुसार बैठकमा पार्टीको संयुक्त संसदीय दलको बैठकले आगामी दिनमा संसद्मा खेल्नुपर्ने भूमिका र जनताका जल्दा बल्दा समस्याहरूलाई कसरी उठाउने भन्नेमा साझा धारणा बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 9 =