‘हुन्डाईसँग शुभ यात्रा २०८३’ नयाँ वर्ष अफर सुरु

काठमाडौँ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ वर्षलाई स्वागत गर्दै ‘हुन्डाईसँग शुभ यात्रा २०८३’ अफर घोषणा गरेको छ ।

यस नयाँ वर्ष हुन्डाईसँग सुरु गर्न चाहने ग्राहकहरूका लागि यस अफरमा आकर्षक सुविधाहरू छन् । यस विशेष अफरअन्तर्गत ग्राहकहरूले छनोट गरिएका हुन्डाई मोडेलहरूमा रु. १,७५,००० सम्म नगद छुट र रु. ९६,००० सम्म नयाँ वर्ष बोनस पाउन सक्नेछन् । साथै, एक वर्षसम्मको निःशुल्क बीमा र सवारी कर, साथै मूल्याङ्कन एक्सचेन्ज सुविधा पनि उपलब्ध हुनेछ, जसले गाडी किन्ने अनुभवलाई अझ सजिलो र फाइदाजनक बनाउने कम्पनीले जानकारी दिएको छ ।

यसअन्तर्गत ६ वर्षसम्मको निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी समावेश छ ।

लोकप्रिय मोडेलहरू र ग्राहकमैत्री सुविधासहित यो अभियानले नयाँ वर्ष २०८३ को सुरुवातलाई ग्राहकहरूका लागि अझ फाइदाजनक र विशेष बनाउने लक्ष्य राखेको कम्पनीले जानकारी दिएको छ ।

हुन्डाई नेपालले सबैमा नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्दै, नजिकको हुन्डाई सोरुममा गई यस अफरबारे जानकारी लिन र २०८३ को सुरुवात विशेष सुविधासहित मनाउन सबैलाई आमन्त्रण गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nineteen =