एमालेले जलायो गृहमन्त्री गुरुङको पुत्ला

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा एमालेले बाँकेमा प्रदर्शन गरेको छ ।

नेपालगञ्जमा जनवर्गीय संगठनले आयोजना गरेको विरोध कार्यक्रममा गृहमन्त्री सुधन गुरुङको पुत्ला जलाइएको हो ।

नेपालगञ्जस्थित पासाङल्हामु मार्गमा रहेको पार्टी कार्यालयबाट निस्किएको विरोध र्‍याली बीपी चोक पुगेपछि प्रदर्शनकारीले गृहमन्त्री गुरुङको पुत्ला दहन गरेका थिए ।

प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री गुरुङविरुद्ध नाराबाजी पनि गरेका थिए । प्रदर्शनकारीले सडकमा टायरसमेत बाल्दा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो ।

त्यसक्रममा प्रहरी र एमाले कार्यकर्ताबीच केहीबेर धकेलाधकेलसमेत भएको थियो । एमाले बाँकेले १९ गतेसम्म आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =