निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक पेस
२०८३ असार २६ गते

काठमाडौँ । निर्वाचन आयोगको उन्नाइसौँ वार्षिक प्रतिवेदन २०८१/८२ प्रतिनिधि सभामा पेस गरिएको छ ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रतिवेदन पेस गरेका हुन् ।
त्यसैगरी बैठकमा उनले राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन २०८१/८२, राष्ट्रिय महिला आयोगको अठारौँ वार्षिक प्रतिवेदन २०८१/८२ पनि क्रमशः पेस गरे ।
संवैधानिक अङ्ग वा निकायहरूको वार्षिक प्रतिवेदन संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
२०८३ असार २६ गते
प्रतिक्रिया
सम्बन्धित








