सरकारी नीतिका कारण नागरिकले ज्यान गुमाउनु दुःखद्- गणेश पराजुली

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारको नीति, योजना र कार्यक्रमका कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुःखद भएको बताएका छन् ।

शुक्रवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता पराजुलीले सञ्चारकर्मी र जनप्रतिनिधि दुवै पक्ष थप जिम्मेवार बन्नुपर्नेमा जोड दिएका हुन् ।

उनले सरकारले तर्जुमा गर्ने नीति र कार्यक्रमहरूले नागरिकलाई राहतको अनुभूति गराउनुपर्ने उल्लेख गर्दै यदि सरकारी नीतिकै कारण कसैले आत्महत्या वा मृत्युवरण गर्नुपर्ने परिस्थिति सृजना भएको हो भने त्यो विषयमा गम्भीर समीक्षा हुनुपर्ने धारणा व्यक्त गरे ।

उपनेता पराजुलीले भने ‘सरकारले बनाउने नीति, योजना र कार्यक्रमका कारण नागरिकले कम्तीमा राहतको सास फेर्न पाउनुपर्ने हो । तर यदि सरकारी नीतिका कारण नागरिकले मृत्युवरण गर्नुपरेको आरोप सही हो भने त्यसबारे गम्भीर भएर सोच्न आवश्यक छ ।’

उनले सञ्चारकर्मी र जनप्रतिनिधि दुवैले समाज र नागरिकप्रति बढी जिम्मेवार भएर काम गर्नुपर्ने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 10 =