असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरु गरिने

काठमाडौँ । सरकारले असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ ।

शुक्रवार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले नयाँ प्रणालीबाट वितरण सुरु गर्न लागको बताएका हुन् ।

उनले राहदानीको प्रणाली हाल परिवर्तन गरिएको बताए । नयाँ प्रणालीको तयारी मन्त्रालय र विभागबाट करिब पूरा भएको बताए । त्यसपछि केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भएपनि राहदानी सेवा, सहज, नियमित र सुचारु रहने अपेक्षा गरिएको प्रवक्ता क्षेत्रीको भनाइ छ ।

नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय र यसअन्तर्गत रहेको राहदानी विभाग प्रतिबद्ध रहेको पनि बताए । उनले सरकारको नीतिअनुरूप राहदानी सेवालाई समय सापेक्ष, भरपर्दो, प्रविधिमैत्री बनाउन र नागरिकलाई सहजै यो सेवा उपलब्ध गराउने दिशामा तीन वटा कदम लिएको बताए ।

प्रवक्ता क्षेत्रीले भने ‘नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय र यसअन्तर्गत रहेको राहदानी विभाग प्रतिबद्ध रहेका छन् । राहदानीको प्रणाली हाल परिवर्तन गरी २०८३ असार २९ गतेबाट लाइभ हुने तय भएको छ । यसको तयारी मन्त्रालय र विभागबाट करिब पूरा भएको छ । त्यसपछि केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भएपनि राहदानी सेवा, सहज, नियमित र सुचारु रहने अपेक्षा गरिएको छ । सरकारको नीतिअनुरूप राहदानी सेवालाई समय सापेक्ष, भरपर्दो, प्रविधिमैत्री बनाउन र नागरिकलाई सहजै यो सेवा उपलब्ध गराउने दिशामा तीन वटा कदम लिएका छौँ । छापिएका राहदानीहरू शीघ्र सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमा पुर्याउन हुला विभागसँग सम्झौता भइसकेको छ । जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने व्यवस्थाका लागि प्रक्रिया सुरु भएको छ । यसले जनमैत्री सेवा प्रवाह हुने विश्वास छ । जो जहाँ बसेको भएपनि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्थाका लागि काम भइरहेको छ ।’

प्रवक्ता क्षेत्रीले छापिएका राहदानीहरू शीघ्र सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमा पुर्याउन हुला विभागसँग सम्झौता भइसकेको बताए । जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने व्यवस्थाका लागि प्रक्रिया सुरु भएको पनि उनले जानकारी दिए ।

यसले जनमैत्री सेवा प्रवाह हुने सरकारको विश्वास छ । जो जहाँ बसेको भएपनि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्थाका लागि काम भइरहेको प्रवक्ता क्षेत्रीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + sixteen =