जेनजी जाँचबुझ आयोगका अध्यक्ष कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी

काठमाडौं । सरकारले सुरक्षा जोखिमको मूल्यांकन गर्दै जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा राख्ने तयारी गरेको छ ।

कार्की नेतृत्वको आयोगको सिफारिसका आधारमा शनिबार प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो । त्यसयता नेकपा एमालेका नेता–कार्यकर्ता आक्रोशित बनेका छन् भने दिनभर काठमाडौंको सुरक्षा अवस्था तनावग्रस्त बनेको थियो ।

यही पृष्ठभूमिमा कार्कीको सुरक्षालाई ध्यानमा राख्दै उनलाई सेनाको ब्यारेकमा राख्ने तयारी गरिएको स्रोतले जनाएको छ ।

यसैबीच भक्तपुरको गुण्डुस्थित कार्कीको निवासमा पनि बाक्लो सुरक्षा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eight =