माइतीघर वरपरका ढुङ्गाहरू हटाउँदै नेपाल प्रहरी (तस्बिरहरू)
२०८२ चैत १४ गते

काठमाडौँ । नेपाल प्रहरीले माइतीघर मण्डला परिसर वरिपरि पेटीहरूमा रहेका ढुङ्गाहरू हटाएको छ ।
उठाइएका ढुङ्गाहरू प्रहरी भ्यानमा थुप्रो बनाएर राखिरहेको छ ।
प्रहरीले शनिवार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको थियो ।
ओली पक्राउ परेसँगै त्यसको विरोधमा दिउँसो ३ बजेदेखि एमालेका जनवर्गीय सङ्गठनले माइतीघरमा विरोध प्रदर्शन गर्ने घोषणा गरेका थिए । जसपश्चात् प्रहरीले सम्भावित झडप रोक्न उक्त क्षेत्रका ढुंगा र इँटा हटाएको हो ।
हेर्नुहोस् तस्बिरहरू:

२०८२ चैत १४ गते
प्रतिक्रिया
सम्बन्धित








