एमालेले टुङ्ग्यायो समानुपातिक सांसदको नाम (सूचीसहित)

काठमाडौँ । नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेका कारण उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले समानुपातिक उम्मेदवारको टुंगो लगाउनुका साथै विभिन्न शोक प्रस्तावहरू पारित गरेको हो ।

पार्टी उपमहासचिव लेखराज भट्टले बैठकका निर्णयहरू सार्वजनिक गर्दै क्लस्टरका आधारमा १६ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय भएको जानकारी दिए ।

आदिवासी जनजातितर्फ भूमिका सुब्बा (महिला), गंगादेवी श्रेष्ठ (महिला), रामबहादुर थापा मगर (पुरुष) र कुलभक्त शाक्य (पुरुष) छन् । त्यस्तै खस आर्यतर्फ पद्मा अर्याल (महिला), टुकाभद्रा हमाल (महिला), गुरुप्रसाद बराल (पुरुष), पुष्पराज कँडेल (पुरुष) र यशोदा कुमारी बराल (पिछडिएको क्षेत्र, अपाङ्गता तथा महिला क्लस्टरसमेत) रहेका छन् ।

थारुतर्फ कृपाराम राणा छन् भने दलिततर्फ विष्णुमाया विक र नीता घतानी छिन् । त्यस्तै मधेसीतर्फ रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल (पुरुष) छन् । मुस्लिमतर्फ साजिदा सिद्धिकी रहेका उपमहासचिव भट्टले बताए ।

उनले भने ‘आज सचिवालयको चौथो बैठक हाम्रो उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बस्यो र अध्यक्षलाई पितृ शोक भएको कारणले अध्यक्ष त्यहाँ अध्यक्षता गर्नुभएन र त्यहाँ दुई वटा प्रस्ताव थियो । एउटा समानुपातिकको निर्णय र दोस्रो शोक प्रस्ताव र समानुपातिकको निर्णय क्लस्टर अनुसार अब सिफारिस भएको छ । यो आदिवासी जनजातिमा चार जना । दुई जना महिला भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, पुरुषतर्फ रामबहादुर थापा मगर कुलभक्त शाक्य । खस आर्यमा पाँच जनामा तीन जना महिला पिछडिएको क्षेत्र समेत यसमा पद्मा अर्याल, टुकाभद्रा हमाल, गुरुप्रसाद बराल पुरुष, पुष्पराज कँडेल, यशोदाकुमारी बराल पिछडिएको क्षेत्र र उहाँ अपाङ्ग पनि हो र महिला पनि । अब दलित थारु थारुतर्फ कृपाराम राणा, दलिततर्फ विष्णुमाया विक, नीता गतानी, मधेसी रिंगला यादव, यशोदा कुमारी, चन्द्रेश्वर मण्डल पुरुष । मुस्लिमतर्फ साजिदा सिद्धिकी हुनुहुन्छ । यो १६ जनाको सिफारिस निर्वाचन आयोगलाई गर्ने निर्णय भएको छ । दोस्रो अध्यक्ष केपी शर्मा ओलीका बुवा जो ९७ वर्ष पुग्नुभएको थियो उहाँको हिजो २९ गते बिहान निधन भयो र शोक प्रस्तावमा अध्यक्षको परिवारप्रति समवेदना शोक सन्तप्त परिवारप्रति र श्रद्धाञ्जली व्यक्त भयो । सबै मृतकप्रति एक मिनेट मौन धारण भएको छ । त्यसैगरी कृष्ण थापा केन्द्रीय सदस्य कास्कीका संयोजक २८ गते फागुन पार्टीकै कामको सिलसिलामा बैठककै समीक्षा बैठकमा निधन भएको हृदयघातले उहाँप्रति पनि शोक व्यक्त गरियो र उहाँका परिवारजनमा समवेदना प्रकट गरियो । त्यसैगरी पूर्वकेन्द्रीय सदस्य पूर्वअध्यक्ष जन सांस्कृतिक महासंघका खगेन्द्र राई पार्टीकै प्रचारकै सिलसिलामा उहाँ हृदयघात भएर मृत्यु भएको थियो । उहाँप्रति पनि शोक श्रद्धाञ्जली शोक प्रस्ताव र उहाँको परिवारजनमा समवेदना प्रकट भयो र त्यसपछि बैठक समापन भएको जानकारी अध्यक्षता गरिरहनु भएका उपाध्यक्ष कमरेडले दिनुभयो ।’

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीका ९७ वर्षीय बुवाको हिजो (२९ गते) बिहान भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले अध्यक्ष ओली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । त्यसैगरी, फागुन २८ गते पार्टीको समीक्षा बैठककै क्रममा हृदयघात भई निधन भएका केन्द्रीय सदस्य तथा कास्की संयोजक कृष्ण थापा र पार्टी प्रचारकै सिलसिलामा हृदयघातबाट ज्यान गुमाएका पूर्वकेन्द्रिय सदस्य तथा जनसांस्कृतिक महासंघका पूर्वअध्यक्ष खगेन्द्र राईको निधनप्रति पनि बैठकले शोक तथा श्रद्धाञ्जली व्यक्त गरेको छ ।

हेर्नुहोस् सूची:

जनजाति (४ जना)
महिला :
भूमिका सुब्बा
गंगादेवी श्रेष्ठ
पुरुष :
रामबहादुर थापा मगर
कुलभक्त शाक्य
खस आर्य (५ जना)
महिला :
पद्मा अर्याल
टुकाभद्रा हमाल
एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष :
गुरु प्रसाद बराल
पुष्पराज कंडेल
थारु (१ जना)
कृपाराम राणा (पुरुष)
दलित (२ जना)
महिला :
विष्णुमाया वी.के.
नीता घटानी
मधेसी (३ जना) महिला
महिला :
रिङ्ला यादव
यशोधा कुमारी यादव
पुरुष :
चन्द्रेश्वर मण्डल (पुरुष)
मुस्लिम
महिला :
साजिदा सिद्दीकी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + four =