विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८३ असार २४ गते

काठमाडौं । विशेष अदालतले नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ ।
यसअघि प्राप्त म्याद सकिएपछि विभागले अनुसन्धानका लागि थप समय माग गर्दै विशेष अदालतमा उपस्थित गराएको थियो । अदालतले अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
२०८३ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित








