मतदानको पूर्वसन्ध्यामा वसन्तपुरमा अन्तिम तयारी (तस्बिरहरू)

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै काठमाडौँको वसन्तपुरमा मतदान स्थल तयार भएका छन् ।

विशेषगरी अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई सहज हुने गरी मतदान केन्द्रहरूलाई अपाङ्गमैत्री बनाउन विशेष ध्यान दिइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै मतदान स्थलमा सिसिटिभी क्यामेरा जडान गर्नुका साथै पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ ।

निर्वाचन आयोगको तालिकाअनुसार काठमाडौँ जिल्लाका सबै निर्वाचन क्षेत्रमा आवश्यक पूर्वाधारसहितका मतदान केन्द्रहरू निर्माणको काम लगभग सकिएको छ ।

काठमाडौँका प्रमुख चोक, विद्यालय तथा सार्वजनिक स्थलहरूमा अस्थायी टहरा निर्माण, तारबार लगाउने र रङरोगन गर्ने कार्य भइरहेको छ ।

संवेदनशील मानिएका मतदान केन्द्रहरूमा थप सुरक्षा बल तैनाथ गरिने प्रशासनले स्पष्ट पारेको छ ।

हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − two =