सरकार आसन्न निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गराउन प्रतिबद्ध छ: मन्त्री श्रेष्ठ

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आसन्न निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र समावेशी तरिकाले सम्पन्न गर्न सरकार जिम्मेवार भएको लागि परेको बताएकी छन् ।

सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

मन्त्री श्रेष्ठले सो निर्वाचनका लागि आम मतदातालाई सूचित, सचेत र जिम्मेवार बनाउन मतदाता शिक्षा कार्यक्रम पनि सुरु गरिएकाले त्यसमा सहभागी पनि आम मतदातालाई आग्रह गरिन् । उनले निर्वाचनको तयारीको कामलाई सरकार, निर्वाचन आयोग, नागरिक समाजलगायतका सबै पक्षले तीव्रताका साथ अघि बढाएको समेत स्पष्ट पारिन् । मन्त्री श्रेष्ठमा महिला मतदाताको संख्या बढाउने कुरामा पनि सरकारले आवश्यक वातावरण बनाउने काम गरिरहेको बताइन् ।

उनले भनिन् ‘फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि सरकार, निर्वाचन आयोग, राजनीतिक दल, नागरिक संस्थाहरू सबै अग्रसर भएर अत्यन्तै तीव्र गतिमा काम गरिरहेका छन् । यसै तयारी स्वरूप हिजो आइतबारबाट निर्वाचन आयोगले पनि नागरिकहरूलाई सूचित, सचेत र जिम्मेवार मतदाता बनाउनका लागि मतदाता शिक्षा कार्यक्रमको पनि औपचारिक रूपमा सुरुवात गरिसकेको छ । अघि पनि यहाँ कुरा आयो–जेन–जी आन्दोलनपछिको यो विषय परिस्थितिमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा वर्तमान सरकार बनेको छ । र यसको मुख्य म्यान्डेट पनि यो फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई कसरी निष्पक्ष, स्वच्छ, स्वतन्त्र, समावेशी र लोकतान्त्रिक तरिकाले गराउने जिम्मेवारी हाम्रो रहेको छ । र यसमा हामी सबै तत्पर भएर काम गरिरहेका छौँ ।’

मन्त्री श्रेष्ठले निर्वाचनमा बालबालिकाहरूको दुरुपयोग हुन नदिन पनि सरकार सचेत रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − two =