माधवजी र मलाई कसरी सिद्ध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्: प्रचण्ड (भिडिओ)

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमाले अध्यक्ष ओलीको तुलनामा आफूलाई कमजोर पार्न अन्य कसैको पनि सामर्थ्य नरहेको बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री बालेन्द्र साहसँग आफूलाई सिद्ध्याउने सामर्थ्य नरहेको र आफूलाई कमजोर पार्ने गतिविधिमा ओलीको हाइटमा प्रधानमन्त्री साह नरहेको पनि जिकिर गरे ।

आफूहरूले गल्ती गरेको भए ओलीले पहिल्यै आफूहरूलाई जेलमा हाल्नेसम्मको षड्यन्त्र बुनेको आरोप लगाए । ओलीले आफूहरूलाई कमजोर पार्न सबै सामर्थ्य लगाएको पनि उनको आरोप छ ।

संयोजक दाहालले भने ‘हामी महाधिवेशनसम्म राम्रोसँग पार्टी बनाऊँ युवाहरूलाई ल्याऊँ नयाँ नेतृत्वको टिम बनाऊँ । महाधिवेशन पछि मलाई त यहाँ दिनदिनै जेल हाल्ने कुरा आउँछ माधवजीलाई त मुद्दा लड्काएको छ पहिलेको सरकारले । प्रचण्डको कहिले १४० अर्ब छ दुबईमा भन्या छ तपाईँहरू पनि दिमाग खराब भएको होला तीन चोटि त प्रधानमन्त्री भइसक्यो जस्तो लाग्दो हो । कताकता के–के हो के–के । केही भएको भए यो अहिलेको सरकारले गर्न पर्दैनथ्यो । यो बालेनजीको सरकारले माधवलाई र मलाई केही गर्न पर्दैनथ्यो केपी ओलीले काफी थियो । केपी ओलीले यति खोजेको हुन् हाम्रो कहाँ छ कति छ यिनलाई फसाउने कसरी र सिद्ध्याउने कसरी भन्नेमा केपीको हाइटमा बालेनजी छैनन् हामीलाई सिद्ध्याउने । तर हामी फेरि वामपन्थी आन्दोलन चाहिन्छ भनेर फेरि सहकार्यको कुरा पनि गरिराखेकै हुन्छौँ । अब यो हाम्रो जिम्मेवारी बोध भन्नुस् उदारता भन्नुस् ।’

पार्टीका सहसंयोजकलाई अघिल्लो सरकारले मुद्दा लगाएर राखेको र आफ्नो बारेमा दुबईमा १ सय ४० अर्ब छ भनेर भ्रम फिँजाइएको भन्दै असन्तुष्टि जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =