दुर्गा प्रसाईँका समर्थक सडकमा, सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)
२०८२ माघ २५ गते

काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । शुक्रबार पक्राउ परेका दुर्गा प्रसाईंलाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालयल्याइने भएपछि उनका समर्थकको भीड बढ्दै गएसँगै सुरक्षा व्यवस्था कडा बनाइएको हो ।
प्रसाईंलाई कार्यालय परिसरमा ल्याइने सूचना फैलिनासाथ समर्थकहरू त्यहाँ जम्मा हुन थालेपछि सम्भावित अवाञ्छित गतिविधि रोक्न प्रहरी परिचालन बढाइएको प्रहरीले जनाएको छ । कार्यालय वरपर अतिरिक्त सुरक्षाकर्मी खटाइएका छन् भने प्रवेश नियन्त्रण समेत कडाइका साथ गरिएको छ ।
समर्थकले बिनासर्त प्रसाईंलाई रिहा गर्नुपर्ने माग राख्दै सडकमा बसेका छन् । सरकारी वकिलको कार्यालयले भने तीन दिन म्याद थपको लागि अदालत लैजाने तयारी गरेको छ ।


२०८२ माघ २५ गते
प्रतिक्रिया
सम्बन्धित








