सुनिल शर्माद्वारा मोरङ-३ बाट प्रतिनिधिसभा उम्मेदवारी मनोनयन दर्ता
२०८२ माघ ६ गते

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा। सुनिलकुमार शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
मङ्गलवार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शर्माले समर्थकहरूको बाक्लो उपस्थितिमा मनोनयन पत्र दर्ता गराएका हुन् ।
नेपाली काँग्रेसबाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका शर्मा यसअघि २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट भारी मतान्तरले विजयी भएका थिए ।
मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा। शर्माले जनताको सेवा र विकासलाई नै आफ्नो मुख्य प्राथमिकतामा राख्ने बताए ।
२०८२ माघ ६ गते
प्रतिक्रिया
सम्बन्धित








