मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति
२०८३ असार १७ गते

सांकेतिक तस्बीर ।
बिर्तामोड । मेचीनगर नगरपालिका–३ भावना चोकमा गएराति भएको आगलागीमा १६ लाख बराबरको क्षति भएको छ ।
आगलागीबाट घरका भाँडावर्तन, लत्ताकपडा, अन्न, आधा तोला सुनसहित ५० हजार नगद जलेको छ ।
पूर्णचन्द्र रिजालको इँटा, काठ र टिनको छानो भएको दुई कोठे कच्ची घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोले घरसँगै जोडिएको गोठ पनि नष्ट भएको छ ।
मेचीनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो । आगालागीको कारण खुलेको छैन ।
२०८३ असार १७ गते
प्रतिक्रिया








