आसन्न निर्वाचनमा एमालेले जित्नैपर्छः बादल

काठमाडौँ । नेकपा (एमाले)ले आगामी निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको रूपमा घोषणा गरेको छ ।

मङ्गलवार पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरी सो पार्टीका उपाध्यक्ष एवं निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर थापा बादलले अध्यक्ष ओलीलाई निर्वाचनमा भावी प्रधानमन्त्रीको रूपमा पार्टीले अघि सार्ने निर्णय लिएको औपचारिक जानकारी गराएका हुन् ।

उनले आगामी निर्वाचनमा एमाले विजयी हुनैपर्ने जिकिर समेत गरे । देश जलाउनेहरूको विरुद्ध देश बनाउने शक्तिको रूपमा एमाले आगामी निर्वाचनमा विजयी हुनैपर्ने उपाध्यक्ष बादलको जिकिर थियो । उनले देशभक्त, लोकतान्त्रिक शक्तिहरूलाई विजयी बनाउने गरी एमालेले निर्वाचन अभियानलाई अघि बढाएको समेत बताए ।

उपाध्यक्ष बादलले भने ‘हाम्रो पार्टीको केन्द्रीय समितिले सङ्कल्प लिएको छ–यो चुनावमा हामीले जित्नै पर्छ । हामीले नेकपा एमालेको नेतृत्वमा हाम्रो आदरणीय अध्यक्षको नेतृत्वमा फेरि एउटा देशभक्तहरूको, लोकतान्त्रिक शक्तिहरूको सरकार स्थापना गर्नुपर्छ । यो सङ्कल्प हाम्रो पार्टीले गरेको छ । र यो निर्वाचनमा हामीले हाम्रो आदरणीय अध्यक्षलाई भावी प्रधानमन्त्रीको रूपमा, भावी सरकार प्रमुखको रूपमा हामीले उहाँलाई प्रस्तुत गर्ने र यो निर्वाचनमा विजय प्राप्त गर्ने भन्ने हाम्रो पार्टीले सङ्कल्प गरेको छ ।’

पत्रकार सम्मेलनमा एमालेले आफ्नो पार्टीले सबै क्षेत्रमा उम्मेदवार दिएको पनि जनाएको छ । उपाध्यक्ष बादलले पार्टीले उम्मेदवार चयन गर्ने जनताको बीचमा लोकप्रिय भएकाहरूलाई प्राथमिकतामा राखेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =