पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा मनोनय दर्ता

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा निर्वाचन क्षेत्र नं २ बाट मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आज अपराह्न मनोनयन दर्ता गराएको उनको स्वकीय सचिव रेखी गुरुङले जानकारी दिए ।

डा भट्टराईको प्रस्तावकमा प्रगतिशील लोकतान्त्रिक पार्टीका जिल्ला संयोजक नारायण खत्री र समर्थकमा जेनजी अगुवा रिजन राना मगर रहेका छन् ।

विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग नलिनुभएका डा भट्टराई संविधानसभा सदस्य निर्वाचन २०६४ र २०७४ को आमनिर्वाचनमा भने सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उनी गोरखा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + five =