गगन–विश्वलाई कांग्रेसको चेतावनीः भोलिसम्म समझदारी भए ठिकै छ, नत्र अरु निर्णय लिनुपर्छ

काठमाडौं । नेपाली काँग्रेसले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई पार्टीको निर्णयविरुद्धमा नजान चेतावनी दिएको छ ।
मंगलवार पार्टी एकीकृत बनाएर लैजानेबारेमा विभिन्न चरणमा छलफल भएको बताउँदै बुधवार बिहानसम्म सहमतिका साथ अघि बढ्न आग्रह गरेको हो ।
यदी महामन्त्रीद्वयले पार्टीको केन्द्रिय समितिले गरेको बैठकको निर्णय नमाने अन्य निर्णय लिनुपर्ने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले चेतावनी दिए ।
वार्ता र संवादबाट नै सहमति खोज्नका लागि संस्थापन पक्षले अधिक लचकता देखाइरहेको उल्लेख गर्दै उनले सम्पूर्ण पार्टी पंक्ति एक भएर निर्वाचनमा जानुपर्ने बताए । अहिले विभाजन र विग्रहतर्फ उन्मुख हुने बेला नभएको बताए ।
अझै आफूहरु सकारात्मक नतिजा निस्किनेमा आशावादी रहेको बताए । समग्र पार्टीलाई जोडेर आम निार्वचनमा जाने र राम्रो परिणाम हाँसिल गरेपछि नियमित अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने बताए ।
केन्द्रिय कार्य समितिको बैठक बुधवार बिहान पुनः बस्नेछ ।








