विशेष महाधिवेशनको पक्षमा २२ सय प्रतिनिधिले गरे हस्ताक्षर
२०८२ पुस २७ गते

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा २२ सय प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
कांग्रेस नेता तथा विशेष महाधिवेशनका अभियन्ता सुवास पोखरेलले हालसम्म २२ सय भन्दा धेरै महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको मकालुखबरलाई जानकारी दिए ।
बिहान ९ बजेदेखि सुरु भएको दर्ता कार्य अहिलेसम्म छुट्टाछुट्टै स्टलमार्फत सञ्चालन भइरहेको छ । कांग्रेसले विभिन्न क्षेत्रका प्रतिनिधिलाई लक्षित गरी व्यवस्थित स्टलहरूको व्यवस्था गरेको छ ।
कांग्रेसमा देशभर कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।
२०८२ पुस २७ गते
प्रतिक्रिया
सम्बन्धित









