विशेष महाधिवेशनलाई पार्टी नेतृत्वले लत्याउन मिल्दैनः महेश आचार्य
२०८२ पुस २७ गते

काठमाडौं । नेपाली काँग्रेस नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यले पार्टी विशेष महाधिवेशन पक्षको विजय भएको टिप्पणी गरेका छन् ।
देशभरका महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशनमा आएकाले विशेष महाधिवेशन पक्षधर नै नेपाली काँग्रेस हो भन्ने पुष्टि भएको जिकिर गरेका थिए ।
उनले पार्टीको संस्थापन पक्षलाई पुल र विशेष महाधिवेशन पक्षधरलाई नदीको रुपमा चित्रण गर्दै नदी र पुल अलग भएर बस्नै नसक्ने तर्क समेत गरे ।
काठमाडौंमा सुरु भएको पार्टीको विशेष महाधिवेशनमा बोल्दै नेता आचार्यले विशेष महाधिवेशनको भावनालाई पार्टीका कुनैपनि पदाधिकारीले लत्याउने चेष्टा गर्न नमिल्ने बताए ।
काँग्रेस नेता आचार्यले मुलुकलाई अघि बढाउने कार्यभारसहित अघि बढ्न पनि युवा नेताहरुलाई आग्रह गरे ।
२०८२ पुस २७ गते
प्रतिक्रिया
सम्बन्धित









