निर्वाचनमा पार्टीले युवालाई उम्मेदवार बनाउनेछ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनमा पार्टीले युवालाई उम्मेद्वार बनाउने बताएका छन् ।
जेनजी रेडफोर्सले आयोजना गरेको आईतबार आयोजना गरेको जेनजी जागरण तथा वृहत सांस्कृतिक कार्यक्रममा उनले युवाहरुलाई प्राथमिकतामा राखेर उम्मेद्वार बनाउने बताएका हुन् ।
उनले समानुपातिकको बन्दसूचिमा पनि युवाहरुलाई प्राथमिकतामा राखेको र प्रत्यक्षतर्फ पनि युवा तथा जेनजी पुस्ताका नवयुवाहरुलाई उम्मेद्वार बनाउने जानकारी दिए ।
पार्टीको केन्द्रिय समितिमा पनि युवाहरुको उपस्थिति बलियो बनाउने तयारी रहेको उनले बताए ।
संयोजक दाहालेले जेनजी रेड फोर्सलाई भ्रातृसंस्थाको मान्यता दिने पनि बताए । उनले भ्रातृसंस्थाहरुले कार्यक्रम आयोजना गर्दा पूर्व माओवादीको शैलीले नगर्न पनि निर्देशन दिए ।
उनले अब माओवादी नभई नेपाली कम्युनिष्ट पार्टीको स्प्रिटमा सबै लाग्नुपर्नेमा जोड दिए ।









