‘प्रजातन्त्र पुनःस्थापना गर्न नेता पाठकको योगदान महत्त्वपूर्ण’

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले तत्कालीन पञ्चायत व्यवस्थाविरोधी आन्दोलनका अगुवा नेता सत्यनारायण पाठकको जति चर्चा गरे पनि अपुरो हुने बताएका छन् ।

पाठकको ३८औँ स्मृति दिवसका अवसरमा आज यहाँ जनकपुरधाम उपमहानगरपालिका–८ मा आयोजित कार्यक्रममा उनले पाठकले लोकतन्त्र, न्याय र अधिकारका लागि पुर्‍याएको योगदान अविस्मरणीय रहेको बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्यद्वव रामसरोज यादव, कुमरकान्त झा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह, वडा नं १३ का अध्यक्ष जितबहादुर राउत, नेपाली कांग्रेसका नेता रामप्रसाद पजियारलगायतले पाठकको योगदानबारे आफ्नो विचार व्यक्त गरे ।

त्यस अवसरमा कार्यक्रमस्थलमा रहेको स्व पाठकको शालिकमा माल्यार्पण गरिएको थियो । विसं २०४५ पुस २६ गते सार्वजनिक जग्गा अधिग्रहण गरी बस्ती बसाउने क्रममा भएको आन्दोलनमा राज्य पक्षले पाठकको हत्या गरेको वक्ताहरूको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + sixteen =