पदको ठुलो बार्गेनिङ गर्याे भन्ने कुरा गलत हो: कुलमान घिसिङ

काठमाडौँ । उज्यालो पार्टी नेपालले पार्टीको अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

शनिवार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो । यसअघि पार्टीको अध्यक्ष अनुप उपाध्याय थिए ।

उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि केन्द्रीय कमिटीको बैठकले उनको राजीनामा स्वीकृति गर्दै चिम चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिने पार्टीले निर्णय गरेको छ ।

बोल्दै पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ भन्ने शक्ति एक हुनुपर्छ भन्ने ध्येयले सम्पूर्ण कुरा त्यागेर एकताको सहमति गरे पनि रास्वपासँगको सहमति टिकाउन नसकिएको बताए । पुस १४ गते भएको उक्त सहमति १२ दिनमै सकिएको छ । धेरै पटकको छलफलमा सहमति कार्यान्वयनमा आफू लागेको भएपनि छलफलहरू हिनतावोधका साथ अघि बढ्नुपरेको बताए ।

अलिखित सहमति धेरै रहेको र त्यो सहमतिमा कुनै ठुलो माग नभए पनि कार्यान्वयन गर्न आफूहरू लागेको र सफल नभएको जिकिर गरे ।

उनले भने ‘हाम्रा साथीहरूले कुनै ठुलो डिमाण्ड राखेको थिएन । पदको ठुलो बार्गेनिङ गरियो भनेर सञ्चारमाध्यममा आएको छ, त्यो कुरा गलत हो । म आफैँ एउटा उपाध्यक्ष तर वरियता क्रममा धेरै तल भएर पनि सहेर गएको थिएँ । मैले साधारण सदस्य भएर बस्छु, हाम्रा साथीहरू केन्द्रीय सदस्यहरूलाई केही हेर्नुपर्छ भनेको थिएँ । ठुलो विषय थिएन । मुख्य मुद्दाका विषयहरू समावेशिता, सङ्घीयतालाई समेट्न पूरक सम्झौता गरौँ भनेको थिएँ, तर पूरक सम्झौता हुन सकेन । हाम्रा साथीहरूले उठाएका विषयहरूमा सहज रूपमा तलसम्म चुनावी प्रक्रियामा कसरी जाने भन्नेबारेमा धेरै छलफल गर्‍यौँ ।’

पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सहमति भङ्ग भएको पनि जनाएको छ । यो बीचमा उज्यालो पार्टी नेपालले ठुलो क्षति व्यहोर्नुपरेको र सहमति भङ्ग भएको रास्वपाले घोषणा गरेको भन्दै आपत्ति जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =