प्रचण्डले गरे पूर्वी रुकुमबाट चुनाव लड्ने घोषणा
२०८२ पुस २६ गते

काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले पूर्वी रुकुमबाट चुनाव लड्ने घोषणा गरेका छन् ।
उनले आज रुकुम पश्चिममा आयोजित पार्टीको एकता सभालाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले भने, ‘अहिलेको चुनाव रुकुमबाटै लड्छु । म पूर्वी रुकुमबाट लड्ने छु, पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने यो बुझिराख्छुहोला । तपाईँहरूको लागि हेडक्वाटरको ढोका सधैँ खुला हुनेछ। पहिलेभन्दा बढी तपाईँहरूको दुख, सुख र विकास निर्माणको काममा बढी साथ रहनेछु।’
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले कहाँबाट उम्मेदवार दिन्छन् भन्ने सार्वजनिक भएको थिएन ।
उनलाई यसअघि आधा दर्जन जिल्लाले उम्मेदवार बन्ने सिफारिस गरेको थियो ।
२०८२ पुस २६ गते
प्रतिक्रिया
सम्बन्धित









