सरकारसँग सडक विस्तारका लागि जमिन अधिग्रहण गर्ने सामर्थ्य छैन: हरिवंश आचार्य

काठमाडौँ । अग्रज कलाकार हरिवंश आचार्यले काठमाडौँमा सवारीसाधनको चाप धेरै भइसकेको बताएका छन् ।

शनिवार ट्राफिक सप्ताह तथा दुर्घटना न्यूनीकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले मानिसहरू ट्राफिक नियममा बिस्तारै बाँधिरहेको तर सवारीसाधनको व्यवस्थापनमा समस्या आइरहेको बताए । भविष्यमा सवारीसाधन चलाउनै नसक्ने स्थितिमा पुग्न सक्ने बताए ।

सडक विस्तार गर्न समेत जमिन अधिग्रहण गर्न नसक्ने स्थितिमा सरकार रहेको बताए ।

उनले भने ‘ट्राफिक नियममा हामी बिस्तारै बाँधिँदै छौँ । हाम्रा अग्रजहरूले काठमाडौँ सहरको पारित गर्दा नेपालको सम्बन्ध बढ्छ, सम्बन्धको साधक सवारीसाधन पनि हो । सम्बन्ध बढ्दै गइसकेपछि सवारीसाधन बढ्छन् भनेर सोचेर बनाएको भए यो स्थिति आज भोग्न पर्दैन थियो । भोलिका दिनमा हामीले गाडी चलाउने ठाउँ नपाउन सक्छौँ । काठमाडौँमा सवारीसाधन धेरै भइसकेका छन् । भयावह स्थिति भइसकेको छ । अब बाटो फराकिलो गर्न जमिन अधिग्रहण गर्न पनि सरकारसँग कुनै सामर्थ्य छैन ।’

कलाकार आचार्यले सार्वजनिक सवारी साधन कम रहेको बताए । ट्राफिक व्यवस्थापनमा गम्भीरताका साथ लाग्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 10 =