इक्यानलाई बलियो बनाउने अभियानमा भवनाथ हुमागाईं, महासचिव पदमा उम्मेदवार

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी कार्यसमितिका लागि महासचिव पदमा वर्तमान प्रथम सचिव भवनाथ हुमागाईंले उम्मेदवारी दर्ता गरेका छन् ।
पुस २८ गते हुने निर्वाचनमा महासचिवको जिम्मेवारी लिन तयार रहेका हुमागाईंलाई संस्थाभित्र अनुभवी र निरन्तर क्रियाशील नेतृत्वका रूपमा चिनिन्छ ।
शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र सशक्त बनाउने साझा अभियानमा लामो समयदेखि जोडिएका हुमागाईंले इक्यानलाई अब रणनीतिक सोच, निर्णायक नेतृत्व र ७०० भन्दा बढी सदस्यहरूको भविष्य सुरक्षित गर्ने सक्षम टिमको आवश्यकता रहेको बताएका छन् । ‘संघलाई थप बलियो र एकताबद्ध बनाउन अनुभव, निरन्तरता र स्पष्ट कार्यदिशा आवश्यक छ,’ उनले भने ।
हुमागाईंले महासचिव भएमा केन्द्र र शाखाबीचको समन्वयलाई संस्थागत र परिणाममुखी बनाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति पैरवीमा इक्यानको आवाज प्रभावकारी बनाउने, सरकार र सरोकारवालासँग संस्थागत हैसियत मजबुत पार्ने, सुशासन र आर्थिक स्थायित्व सुनिश्चित गर्ने, नयाँ पुस्ताका व्यवसायीलाई अवसर दिने तथा विद्यार्थी गन्तव्य विविधीकरणमा रणनीतिक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
विगतमा हुमागाईंले इक्यानमा पुर्याएको योगदान पनि उल्लेखनीय छ । केन्द्र र जिल्ला शाखाबीच प्रभावकारी समन्वय कायम गर्नुका साथै शिक्षा मन्त्रालयमा लामो समय अवरुद्ध रहेको शैक्षिक परामर्श व्यवसायको नवीकरण प्रक्रिया पुनः सुचारु गर्न उनको अग्रणी भूमिका थियो ।
यसैगरी दुई नयाँ शाखा र एक समन्वय केन्द्र स्थापना गरी संगठन विस्तार गर्नुका साथै सदस्यता विस्तार र आजीवन सदस्यता प्रवद्र्धनमा पनि उनले सक्रिय योगदान दिएका छन् ।
इक्यान निर्वाचन नजिकिँदै गर्दा महासचिव पदमा हुमागाईंको उम्मेदवारीले शैक्षिक परामर्श क्षेत्रमा नयाँ ऊर्जा र संस्थागत सुदृढीकरणको अपेक्षा जगाएको छ ।
हुमागाईंका प्रतिबद्धता
• केन्द्र-शाखा समन्वयलाई संस्थागत र परिणाममुखी बनाउने
• केन्द्र र शाखाबीच स्पष्ट अधिकार क्षेत्र, नियमित समन्वय संयन्त्र र कार्यसम्पादनमा आधारित प्रणाली विकास गरी संगठनलाई व्यवहारिक रूपमा बलियो बनाउने
• राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रभावकारी Policy Advocacy शैक्षिक परामर्श व्यवसायसँग सम्बन्धित नीति निर्माण, संशोधन र कार्यान्वयन प्रक्रियामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरूसँग समन्वय गरी ECAN को आवाजलाई प्रभावकारी रूपमा स्थापित गर्ने
• सरकार तथा सरोकारवाला निकायसँग इक्यानको संस्थागत हैसियत मजबुत बनाउने,मन्त्रालय, नियामक निकाय, कूटनीतिक मिशन र अन्तर्राष्ट्रिय साझेदारहरूसँग संस्थागत सम्बन्ध विस्तार गरी इक्यानलाई नीतिगत साझेदारको रूपमा स्थापित गर्ने
• पारदर्शी, उत्तरदायी र आर्थिक रूपमा सबल संस्था निर्माण
नियमित प्रतिवेदन र सदस्यलाई जानकारी दिने अभ्यासमार्फत संस्थामा सुशासन र आर्थिक स्थायित्व सुनिश्चित गर्ने
• युवा तथा नयाँ शैक्षिक परामर्श उद्यमीलाई समेट्ने दीर्घकालीन रणनीति नयाँ पुस्ताका व्यवसायीलाई मार्गदर्शन, क्षमता विकास र संस्थागत सहभागितामार्फत इक्यान भित्र अवसर र नेतृत्व विकास गर्ने स्पष्ट योजना कार्यान्वयन गर्ने,
• Multi-destination Educational Student Mobility मा रणनीतिक रूपमा काम गर्न विद्यार्थी गन्तव्य विविधीकरण, नयाँ अध्ययन बजारको पहिचान, अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य र सदस्यहरूको व्यवसायिक अवसर विस्तार गर्ने रणनीतिमा इक्यानलाई अग्रसर बनाउने
विगतका मुख्य योगदान
•इक्यान केन्द्र र जिल्ला शाखाबीच प्रभावकारी समन्वय र एकीकृत कार्यप्रणाली स्थापना
•केन्द्र र शाखाबीचको दूरी घटाउँदै नियमित संवाद, नीतिगत स्पष्टता र साझा कार्ययोजना निर्माणमा सक्रिय भूमिका निर्वाह गरेको छु। यसले संगठनभित्र एकरूपता, विश्वास र कार्यान्वयन क्षमता बढाउन सहयोग पुर्याएको छ।
• शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा लामो समयदेखि अवरुद्ध शैक्षिक परामर्श व्यवसाय नवीकरण प्रक्रिया पुनः सुचारु गर्न अग्रणी भूमिका
सम्बन्धित मन्त्रालयसँग निरन्तर संवाद, दस्तावेजी समन्वय र संस्थागत पहलमार्फत शैक्षिक परामर्श व्यवसायको नवीकरण प्रक्रियालाई पुनः सक्रिय बनाउन निर्णायक भूमिका खेलेको छु, जसले सदस्यहरूको व्यवसायिक सुरक्षामा ठोस आधार तयार गरेको छ।
• दुई नयाँ शाखा र एक समन्वय केन्द्र स्थापना मार्फत संगठन विस्तार
भौगोलिक पहुँच विस्तार गर्दै नयाँ शाखा र समन्वय केन्द्र स्थापना गरी इक्यानलाई थप समावेशी, प्रतिनिधिमूलक र सशक्त संस्थाको रूपमा विस्तार गर्न योगदान पुर्याएको छु।
• इक्यानको सदस्यता विस्तार तथा आजीवन सदस्यता प्रवर्द्धनमा सक्रिय योगदान









