निर्वाचनपछि संसद र सरकार दुवैमा युवाहरूको वर्चश्व हुनेछ: सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनपछि संसद र सरकार दुवैमा युवाहरूको वर्चश्व रहने दाबी गरेका छन् ।

शुक्रवार आफ्नो मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आङ्कलन गरेका हुन् ।

मन्त्री खरेलले तोकिएको मितिमा निर्वाचन हुने र त्यसपछि बन्ने संसद र सरकारमा युवाहरूको वर्चश्व हुने भएकाले मुलुकको सूचना प्रविधि क्षेत्रको विकासले त्यसले महत्त्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरे । उनले संसद र सरकार दुवैमा युवाहरूको वर्चश्व हुनु मुलुकका लागि नै खुसीको कुरा भएको समेत बताए ।

उनले भने ‘चुनाव हुन्छ फागुन २१ मा । चुनाव भएपछि तपाईँहरूलाई एउटा कुरा भनौँ–मेरो विचारमा जुनसुकै पार्टीले पनि अहिले कोटाहरू तोकेको छ युवाहरूका लागि । यो हामी आशा गर्ने ठाउँ हो । मैले यो फेक धरातलमा भनेको होइन । यस पटक पार्लियामेन्टमा वा गोभरर्मेन्टमा जुनसुकै पार्टीबाट आएपनि युवाहरूको यस्तो वर्चश्व हुनेवाला छ । युवाहरूको वर्चश्व हुन भनेको यो डिपार्टमेन्टको लागि खुसीको कुरा हो । त्यो संसदको समिति हुन्छ । त्यहाँ आवाज उठ्छ । सरकारमा आवाज उठ्छ कि अब आईसिटीतर्फ नबढी हुँदैन नेपाल बनाउने हो भनेर त्यो युवाहरूको जमात आईराख्दा यसलाई अगाडि बढाउनुपर्छ । अब म आफैँ तपाईँसँग मन्त्रीको रूपमा तपाईँहरूसँग रहेर काम गर्ने अवधिसम्म मैले त डिजी सावलाई भनेको छु–हलो अडकाएर जति गोरु चुटेपनि अगाडि बढ्न सक्दैन । मेरै ठाउँबाट ती कुराहरू अडकीराखेको हुनाले तपाईँहरूले जे गर्नुहुन्छ, त्यसमा मेरो सहमति हुन्छ ।’

मन्त्री खरेलले सीमित स्रोत र साधनका कारण सो विभागले चाहेजति काम गर्न सक्ने अवस्था नभएकोतर्फ आफू सचेत रहेको पनि बताए । उनले स्रोत र साधनको अभावमा आफूले पनि मातहतका निकायलाई काम गर्न निर्देशन दिने अवस्था नभएको पनि स्वीकार गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eleven =