गृहमन्त्री भइसकेपछि देशमा थप हत्या, हिंसा र आगजनी हुन दिइनँ: गृहमन्त्री अर्याल

काठमाडौँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकारले केही गरेन भन्ने भाष्य सिर्जना गरिएको भन्दै आपत्ति जनाएका छन् ।
काठमाडौँमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आपत्ति जनाएका हुन् ।
उनले परिवर्तनलाई स्वीकार गरे मात्रै द्वन्द्व नदोहोरिने बताए । मन्त्री अर्यालले द्वन्द्व दोहोरिन नदिने कुराको सुनिश्चितता अन्तरिम सरकारले गरेको जिकिर गरे । आफू गृहमन्त्री भएर आएपछि देशमा हिंसा नभएको, थप आगजनी हुन नदिएको र थप राजनीतिक प्रकृतिको हत्या हुन नदिएको दाबी गरे ।्
सरकारले केही गरेन भन्ने भाष्यमा विश्वास नगर्न आग्रह गरे । उनले विधिको शासन मिचेर गरिएको काम सुशासन नहुने बताए ।
उनले भने ‘कतिपय कुराहरू परिवर्तनलाई स्विकार्नुपर्छ । परिवर्तनलाई स्वीकार गरे मात्रै द्वन्द्व दोहोरिँदैन । यो कुराको सुनिश्चितता यो सरकारले गरेको छ । अब यसलाई केही पनि भएन । हो भएन, हिंसा भएन नि । गृहमन्त्री आएपछि केही पनि भएन, हिंसा भएन । आगजनी रोकियो, मान्छे मर्न छोड्यो । अरू हत्या, हिंसा हुन छोड्यो, राजनीतिक प्रकृतिको । केही पनि भएन रु यस्तो भाष्य पत्याइदिने मान्छेले रु यो भाष्य पत्याइदिनु भएन । विधिको शासन मिचिनुहुन्न । विधिको शासन बमोजिम कारबाही हुनुपर्छ भनेको हुँ । यो कमजोरी हुन्छ रु सुशासनको मुद्दाभित्र केके पर्छ रु त्यो बुझ्नुपर्छ ।’
मन्त्री अर्यालले जेन–जी पुस्ताका एजेण्डा अन्तरिम सरकारको रोडम्याप भएको बताए ।









