रवि लामिछानेले मानव अधिकार आयोगमा दिए ३ घण्टा बयान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रिय मानव अधिकार आयोगमा पुगेर बयान दिएका छन् ।

बुधबार दिउँसो साढे १ बजे आयोगमा पुगेका लामिछानेले करिब ३ घण्टासम्म अनुसन्धान टोलीसामु बयान दिएर साढे ३ बजेतिर फर्किएका हुन् ।

आयोगका अनुसन्धान अधिकारीहरूका अनुसार लामिछानेसँग मुख्य रूपमा जेनजी आन्दोलनका क्रममा भएका घटना र नख्खु कारागारबाट कैदी भागेको विषयमा सोधपुछ गरिएको थियो । यी दुवै घटनामा मानव अधिकार उल्लंघन भएको आशंकामा आयोगले छानबिन अघि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =