ओलीको निर्देशन- देशभर एकै पटक निर्वाचन नहुन सक्छ, मनोवैज्ञानिक रूपले तयार रहनूस्

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकै पटक प्रतिनिधि सभा सदस्य निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन् ।

मङ्गलवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा ओलीले यस्तो ब्रिफिङ गरेका हुन् ।

अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले निर्वाचनमा कसरी जाने भन्नेबारे नेतृत्वको बीचमा छलफल भइरहेको बताए । उनले अध्यक्ष ओलीले बाह्य रूपमा निर्वाचनको माहौल बनेको र त्यसमा तयारी गर्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएको पनि बताए ।

उनले आगामी निर्वाचनलाई आन्दोलनकै रूपमा लिनुपर्ने बताए । उनले अध्यक्ष ओलीले सरकारको गतिविधि र देशमा भइरहेको साम्प्रदायिक घटनाले निर्वाचन हुन्छ की हुँदैन भन्ने अन्यौलता सिर्जना गरेको बताए ।

उनले भने ‘चुनावमा कसरी जाने, के जाने भन्नेकुरा नेतृत्वको बीचमा छलफल हुनेकुरा स्वाभाविक नै हो । बाह्य रूपमा वातावरण बनेको जस्तो छ, त्यसको तयारी हामीले गर्नुपर्छ । हामी त यसलाई आन्दोलनकै रूपमा निर्वाचनलाई लिनुपर्छ भन्ने अध्यक्षको सम्बोधनमा सार रहेको छ । तयारी हाम्रो हुन्छ तर सरकारको जो गतिविधि छ, देशमा साम्प्रदायिकताका घटना जुन किसिमले भइरहेको छन्, त्यसले यो निर्वाचन हुन्छ की हुँदैन भन्ने अन्यौलता छ । एकै पटक नहुन सक्ने स्थिति छ, त्यसले पर सार्नसक्छ, खण्ड खण्डमा गर्न सक्छ । त्यसको लागि पन मनोवैज्ञानिक रूपले तयार हुनुपर्छ भन्नुभयो ।’

उनले खण्ड खण्डमा निर्वाचन हुनसक्ने भन्दै त्यसबारे पनि मनोवैज्ञानिक रूपमा तयार रहन अध्यक्ष ओलीले निर्देशन दिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 18 =