नेपालमा पहिलोपटक मनाइँदै ‘च्याउ दिवस’, भृकुटीमण्डपमा यस्तो देखियो चहलपहल (तस्बिरहरू)

काठमाडौँ । च्याउ उत्पादक संघ नेपालले भृकुटीमण्डपमा च्याउ मेला तथा परिकार महोत्सव २०८२ आयोजना गरेको छ ।

आज ‘च्याउ दिवस’ को अवसरमा च्याउ मेला तथा परिकार महोत्सव २०८२ आयोजना गरिएको हो ।

गत पौष ११ गते बसेको नेपाल सरकारले मन्त्री परिषद्को बैठकले हरेक वर्षको पौष १५ गतेलाई ‘च्याउ दिवस’ घोषणा गरेको थियो ।

सोही निर्णय अनुसार आज देशभर पहिलोपटक औपचारिक रूपमा प्रथम राष्ट्रिय च्याउ दिवस मनाइएको छ ।

उक्त प्रदर्शनमा विभिन्न प्रकारका च्याउका परिकारहरू र च्याउहरू राखिएका छन् ।

नेपालमा ७० जिल्लामा च्याउ खेती विस्तार भएको र ४० जिल्लामा व्यावसायिक उत्पादन भइरहेको छ । नेपालमा दैनिक करिब १ लाख किलो च्याउ उत्पादन हुने भएपनि माग धान्न वार्षिक १५–२० करोडको च्याउ आयात गर्नुपर्ने अवस्था छ ।

हेर्नुहोस् तस्बिरहरू:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 7 =