फास्टट्रयाक: लेनडाँडामा बन्दै छ नेपालकै अग्लो पुल (तस्बिरहरू)

काठमाडौँ । नेपालकै सर्वाधिक महत्त्वपूर्ण गौरवका पूर्वाधार परियोजनाको रूपमा हेरिएको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्टट्रयाक) अन्तर्गत मकवानपुरको लेन डाँडामा सुरुङ्ग र पुल निर्माणाधीन अवस्थामा छ ।

मकवानपुरको मकवानपुरगढी, बकैया गाउँपालिकामा नेपालकै सबैभन्दा अग्लो भूकम्प प्रतिरोधी २७० मिटर लामो पुल बनाउन लागिएको हो ।

पुल करिब ८१ मिटर उचाइको हुने छ ।

राष्ट्रिय गौरवको आयोजनामा रहेको उक्त द्रुतमार्गको काम नेपाली सेनाको व्यवस्थापनमा भइरहेको छ । ७१ दशमलव ५ किलोमिटर लामो यस मार्गमा ८९ वटा ठुला पुलहरू र ६ वटा सुरुङहरूको निर्माण गर्ने योजना रहेको छ ।

तीमध्ये हाल ३ वटा सुरुङ र ५ वटा पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ भने अन्यको निर्माण कार्य भइरहेको छ ।

द्रुतमार्ग अन्तर्गत ६ वटा सुरुङमार्गको कुल लम्बाइ १० दशमलव ३०९ किलोमिटर छ । सरकारले विसं २०७४ साल वैशाख ४ गतेबाट फास्ट ट्र्याक निर्माण कार्य नेपाली सेनालाई सुम्पिएको थियो ।

हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

One thought on “फास्टट्रयाक: लेनडाँडामा बन्दै छ नेपालकै अग्लो पुल (तस्बिरहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 5 =