पुरानै हल मर्मत गरेर राष्ट्रिय सभाको हिउँदे अधिवेशन डाक्ने तयारी (तस्बिरहरू)

काठमाडौं । पुरानै राष्ट्रिय सभाको हल अर्थात् हाल विघटित प्रतिनिधि सभाको कृषि समितिको सभा हललाई मर्मत गरेर राष्ट्रिय सभाको हिउँदे अधिवेशन सञ्चालन गर्ने तयारी सङ्घीय संसद् सचिवालयले गर्दैछ ।
उक्त हलमा २०४६ सालमा बहुदल स्थापना भएसँगै २०४८ सालको आम निर्वाचनपछि २०५८ सालसम्म राष्ट्रिय सभाको बैठक बस्ने गर्दथ्यो । गणतन्त्रको स्थापना भएसँगै २०७४ सालको आम निर्वाचनपछि सचिवालयले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर सङ्घीय संसद् बनाएसँगै त्यही भवनमा राष्ट्रिय सभाको समेत बैठक बस्ने गरेको थियो ।
जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते सम्मेलन केन्द्र जलाइएपछि राष्ट्रिय सभाको हिउँदे अधिवेशन बस्न सकेको छैन । अहिले पुरानो भवनमा राष्ट्रिय सभा अध्यक्ष, सांसदहरू, सङ्घीय संसद्का कर्मचारी तथा पत्रकारहरू रहने ठाउँका साथै टेबल र कुर्सी राख्ने काम भइरहेको छ ।
हलको मर्मतसम्भार सकिएलगत्तै माघको पहिलो साता राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउने तयारी गरिएको छ ।
तस्बिरहरू:-









