‘जेन्जीको सराप लाग्नेछ’ भन्दै माइतीघरमा मिराज सहितको प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । सरकारको विरोध र सुशासनको माग गर्दै ‘संयुक्त जेनजी’ समूह आज पनि सडकमा उत्रिएको छ ।

आज (मङ्गलवार) काठमाडौँको माइतीघर मण्डलामा मिराज ढुङ्गाना सहितका जेन्जीहरूले सशक्त प्रदर्शन गरेका हुन् ।

प्रदर्शनको क्रममा उनीहरूले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन् ।

‘गरिखान देऊ’ अभियान अन्तर्गत सडकमा आएका युवाहरूले वर्तमान सरकारको १०० दिने कार्यकाल असफल भएको आरोप लगाएका छन् । उनीहरूले तत्काल चुनावमा जानुभन्दा पहिले मुलुकमा सुशासन कायम हुनुपर्ने र ‘सर्वपक्षीय सरकार’ गठन गरिनुपर्ने मुख्य बटमलाइन अघि सारेका छन् ।

हिजो (सोमबार) को शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप र धरपकड गरेपनि आन्दोलनकारीहरू आज पुनः सडकमा आएका हुन् । आज प्रहरीले उनीहरूको आन्दोलनमा हस्तक्षेप गरेको छैन । उनीहरूले संयुक्त नारा लगाएर प्रदर्शन गरिरहेका छन् ।

हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 9 =