हुम्लाबाट सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत
२०८२ मंसिर १७ गते

अदानचुली । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि हुम्लाबाट सबै प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।
पार्टी उपाध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार खुलातर्फ जिल्ला अध्यक्ष ज्ञामी बुमी, वरिष्ठ नेता कलबहादुर हमाल, दलितबाट पर्वत सुनार, युवातर्फ तीर्थराज बोहोरा, महिलामा प्रतिमा लामा र विमला शाही सर्वसम्मत चयन भएकी छन् ।
जिल्लाबाट थप एक जना प्रतिनिधिका लागि केन्द्रमा अनुरोध गर्ने र यदि केन्द्रले स्वीकार गरे उक्त कोटामा नवराज महतारालाई पठाउने निर्णय भएको छ ।
२०८२ मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित








