गैरआवासीय नेपाली संघको आइतबार एकता घोषणा, फेब्रुअरी अन्तिममा १२ औँ महाधिवेशन

काठमाडौँ । लामो समयदेखि विवाद र विभाजनमा फसेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अब एकीकृत हुने भएको छ ।

संघको आइतबार काठमाडौँमा एकता घोषणा कार्यक्रम गर्न लागिएको हो । करिब चार वर्षदेखि विभाजनमा रहेको गैरआवासीय नेपाली संघ विभाजनमा रहेको छ । हाल विभाजित संघमा डा। बद्री केसी र महेश श्रेष्ठले नेतृत्व गरिरहेका छन् । १० औँ महाधिवेशनबाट सुरु भएको सदस्यतासम्बन्धी विवादले संघ विभाजनमा पुगेको थियो ।

हाल दुवै संघका अध्यक्ष सङ्घलाई एकताबद्ध गर्न तयार भएका छन् । डा। केसी नेतृत्वका संघका उपमहासचिव तथा वार्ता समिति सदस्य सोम सापकोटाले करिब चार वर्षदेखि चल्दै आएको आन्तरिक विवाद अन्त्य गरी संघले आइतबार वृहत् एकता घोषणा गर्न लागेको जानकारी दिए ।

सापकोटाकाअनुसार आइतबार प्रधानमन्त्री सुशीला कार्कीको रोहवरमा वृहत् एकता घोषणा हुन लागेको हो । एनआरएनए विदेशस्थित नेपालीहरूको साझा संस्था भएकाले यसको दर्ता परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको छ । हाल परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्नुभएको कारण उनले स्थितिमा एकता घोषणा गर्न लागिएको सापकोटाले जानकारी दिए ।

उनले गैरआवसिय नेपालीहरूको दबाब र ईच्छाअनुसार नै एकता गरिएको जानकारी दिए । उनले १० औँ महाधिवेशनमा पञ्जीकृत सदस्य र प्रतिनिधि निर्धारण सम्बन्धी विधानको पालना गर्न नसक्दा विवाद उत्पन्न भएको जानकारी दिए । विधानअनुसार हरेक १० पञ्जीकृत सदस्यमा १ प्रतिनिधि तोकिने व्यवस्था रहेपनि केही देशमा उक्त प्रक्रिया अवहेलना गरिएको उनको भनाई छ । यसले विवादलाई जटिल बनाउँदै लगेर विभाजनसम्म पुर्याएको उनले बताए ।

उनले भने ‘१० औँ महाधिवेशनमा आइसकेपछि हामीमा केही नेतृत्व चयन गर्ने क्रममा पञ्जिकृत सदस्यहरूको विवादले हामी १० औँ महाधिवेशन सफल रूपले सम्पन्न गर्न सकेनौँ । त्यसपछि केही विवादहरू सङ्गठनभित्र आई पुगे । त्यो विवादले ११ औँ महाधिवेशन र १२ औँ महाधिवेशन गरिसक्नेबेलासम्म पनि हामी कहीँ न कहीँ चुक्यौ । हामी विभाजन भयौँ, फरक फरक तरिकाले हाम्रा क्रियाकलापहरू गर्दै गयौँ । यद्यपि हामीलाई यो संगठन यसरी टुटेर होइन जुटाउन पर्छ । हामी जुट्नुपर्छ, हामी बीचमा केही कमीकमजोरी छन्, यसलाई सच्याएर जानुपर्छ भन्ने कुरामा सबै साथीहरूमा त्यो भावना थियो । हामीले यो प्रयास धेरै कोणबाट ग¥यौ । यो समयसम्म आई पुग्न सबै जना जुन विभिन्न पदीय जिम्मेवारीमा रहनुभएका पूर्व अध्यक्षहरू र सबै एनआरएनए साथीहरूको प्रेसर, सबैको एकता हुनुपर्छ भन्ने भावना थियो, त्यो नै महत्त्वपूर्ण विषय रह्यो । जसले हामीलाई यो ठाउँमा आउन प्ररित गयो, प्रेसर गयो र आज हामी लामो समयदेखी मलाई लाग्छ, हामी ४ वर्षदेखी विवाद थियो संगठनमा त्यसलाई अन्त्य गरेर अब वृहत् एकता गर्ने तयारीमा छौँ । सम्भवतः भोली हामी विशेषतः हाम्रो गैरआवासीय नेपाली संघ पराराष्ट्र मन्त्रालय अन्तर्गत दर्ता पनि छ । परराष्ट्र मन्त्रालयको रोहवरमा हामीले यो कार्यक्रम गर्नुपर्ने थियो । परराष्ट्रमन्त्रालय सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा भएको हुनाले भोली हामीले यसलाई समग्र गैरआवासीय नेपालीको ईच्छाअनुसार भएका कमीकमजोरीहरूलाई सुधार्दै अब एकढिक्का एनआरएन, एकदमै समृद्ध एनआरएनए, सबैका एनआरएनए, देशका लागी काम गर्नसक्ने एनआरएनए बनाउने प्रणसहित भोली गैरआवासीय संघको वृहत् एकता हुने कार्यक्रम छ ।’

उनले राजनीतिक प्रभाव, व्यक्तिगत ईगो र केही त्रुटिहरू सम्बोधन गर्न नसकेर अरूलाई दोष दिन थाल्दा संघमा विभाजन भएको उल्लेख गर्दै विभाजनले कसैलाई पनि फाइदा नपुगेको बताए । संगठनमा भएको विभाजनले सङ्गठनका साथै देशलाई पनि ठुलो घाटा लागेको उनको भनाई छ । छोटो समयमा संघले गैरआवासीय नेपाली र राज्यले गरेको विश्वासलाई चुक्न नदिन फेरि एक हुने वातावरण निर्माण गरेको उनले जानकारी दिए ।

उनले एकताको महसुस गरेर नै दुवै समूहका अध्यक्षहरू, संघका पूर्व पदाधिकारीहरूको छलफलले एकता वार्ता समितिको गठन गरी सङ्घलाई एकताबद्ध बनाउन लागेको बताए । उनकाअनुसार एकताका लागी दुवै समूहबाट ३÷३ जनाको वार्ता समिति बनाइएको थियो । उक्त समितिले सबै विवाद समाधान गरेको र नमिलेका केही विषयहरू अध्यक्ष केसी र श्रेष्ठले मिलाएर एकताको अन्तिम तयारीमा रहेको उहाँले जानकारी दिए ।

उनले अब कहिल्यै नफुट्नेगरि एकता हुन लागेको बताए ।

उनले भने ‘यो चार वर्षमा हामीले जे गुमायौँ । त्यो गुमाउने चीजले, जुन हामीले भोग्यौँ । हाम्रा कमीकमजोरीले यो व्यक्तिगत जीवनमा मात्रै होइन । संगठन र देशलाई पनि त्यसले घाटा पु¥यायो । त्यो चीजले हामीलाई नजिक ल्यायो । हामीले त्यो कुरालाई गभ्मिरताका साथ लियौँ, सोच्यौँ । यो संगठन यत्रो छोटो समयमा हामीले विश्वास जित्यौ । राज्यले हामीलाई विश्वास ग¥यो । प्रवासमा रहेका नेपालीहरूले यसलाई विश्वास गरे, यसमा हामीले जे गर्न सक्नुपर्थ्यो, कहीँ हामी चुक्यौँ । अब यो चुक्न हुँदैन भन्ने कुराले हामीलाई एकठाउँमा ल्यायो । हामी संयम भयौँ । हामी जोडियौँ, अब मलाई के लाग्छ भने यो गल्ती अब दोहोरिँदैन, दोहो¥याउन हुँदैन । हामी अझै यसलाई युनाईटेड समृद्ध, नेपालको लागी भरपर्दो संगठन बनाएर अगाडी लैजान्छौँ ।’

उनले सबैको सहभागिता र अस्तित्व हुनेगरी एकता गर्न लागिएको बताए । उनकाअनुसार १० औँ र ११ औँ महाधिवेशनमा निर्वाचित भएका दुवैतिरका समितिलाई मान्यता दिने, १२ औँ महाधिवेशन गर्नको लागि अध्यक्ष केसी र श्रेष्ठ रहेको स्टेयरिङ कमिटी गठन गर्ने, अदालतमा दुवै पक्षले गरेका मुद्दामामिला फिर्ता गर्ने, सदस्यता वितरणको लागी समय थप गर्ने लगायतका सहमति भएको छ । साथै गैरआवसीय नेपाली संघको सदस्यतासम्बन्धी एमआईएस सिस्टमलाई परिमार्जित गर्दै लाने कुरामा पनि सहमति भएको उनले जानकारी दिए ।

एनसीसी विवाद मिलाउन समय दिइने, फेब्रुअरी अन्तिममा १२ औँ महाधिवेशन

संघको अन्तर्राष्ट्रिय समन्वयन परिषद्मा देखिएको विभाजनपछि केही केही देशमा एनसीसी ९राष्ट्रिय समन्वय परिषद्० हरू पनि विभाजित बनेका छन् । दुई वटा एनसीसी रहेका देशमा एकता प्रक्रियाका लागी समय दिइने दिइने सापकोटाले बताए ।

उनले संघमा सदस्यता लिनको लागी पनि समय थप गरिने जानकारी दिए । उनले फुटेका तथा हालको विभाजनमा रहको सदस्यहरूलाई संघको एमआईएस प्रणालीमा जोडिन आग्रह समेत गरे । विधानअनुसार सदस्यता लिएका र पञ्जीकृत सदस्यलाई महाधिवेशनमा सहभागी गराइने र कसैलाई अन्याय नहुने दाबी गरे ।

उनले फेब्रुअरी अन्तिममा १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखेको जानकारी दिए । उनका अनुसार स्टेयरिङ कमिटीले नै निर्वाचन सञ्चालन गर्नेछ । १२औँ महाधिवेशनले एनआरएनएको साख पुनः स्थापित गर्ने उनको दाबी छ ।

उनले भने ‘राष्ट्रिय परिषद्मा भएका विवादको लागी संघमा आबद्ध एमआईएस सिस्टमबाट या अरू कुनै आफ्नै कुनै लोक सिस्टमबाट सदस्य बन्नुभएको छ । उहाँहरूलाई फेरि हामी एमआईएस सिस्टम अहिलेसम्म भनेका छौँ, भोलीबाट यसको नाम परिवर्तन हुनेछ । त्यही सिस्टममा आबद्ध हुनको लागी हामी समय उपलब्ध गराउँछौँ । फुटेका साथीहरू पनि जोडिन आह्वान गर्छौ । सबै त्यहाँ जोडिनुहुन्छ र विधानमा व्यवस्था भएअनुसार नै पञ्जिकृत सदस्यहरूलाई अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिनको लागी अवसर दिन्छौ । त्यसले कसैलाई अन्याय गर्दैन । छुटेका साथीहरू विधानत् व्यवस्था भएका साथीहरू उहाँहरू जोडिनुहुन्छ । थप सिस्टममा उहाँहरूले जुन आवेदन भर्नुहुन्छ, त्यो पनि एनसीसीले आफ्नो व्यवस्थापन गरेर विधानत अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिन पाउने पञ्जिकृत सदस्यहरू बनाएर उहाँहरूले पठाईसकेपछि हामीले आगामी फेब्रुअरीको अन्तिमसम्ममा निर्वाचन सम्पन्न गर्ने भन्ने हाम्रो कार्यतालिका रहेको छ । स्टेयरिङ कमिटीले नै १२ औँ महाधिवेशन गर्छ, त्यो भयरहित सबैले मान्ने खालको निर्वाचन हुन्छ । १२ औँ महाधिवेशनबाट निर्वाचित समितिले अहिलेसम्म गिरेको गैरआपसीय नेपालीको साखलाई उच्च बनाउँछ ।’

उनले समग्र गैरआवासीय नेपालीको ईच्छाअनुसार भएका कमीकमजोरीहरूलाई सुधार्दै अब एनआरएनए एकताबद्ध भएको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =