सहकारी पीडितहरू फेरि धर्नामा (तस्बिरहरू)

काठमाडौँ । न्यायको खोजी गर्दै आएका सहकारी पीडितहरूले सहकारी विभागको कार्यालयमा धर्ना दिएका छन् ।

शुक्रवार पीडितहरूले आफूहरूको बचत रकम तत्काल फिर्ता दिन सरकारसँग माग गर्दै काठमाडौँको बुद्धनगरस्थित सो विभागको कार्यालयमा धर्ना दिएका हुन् ।

सरकारले पीडित सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि उनीहरू आक्रोशित हुँदै आएका छन् । धर्नाका क्रममा उनीहरूले आफूहरूको बचत रकम तत्काल फिर्ता गर, जनतानमा मार्नु पाइँदैन गर्नुपर्नेलगायतका नारा लगाएका छन् ।

धर्नाका क्रममा उनीहरूले सबै पीडितहरूलाई एकताबद्ध हुन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + twelve =