नायब सुब्बा धमला विरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौँ । नायब सुब्बा राम प्रसाद धमला विरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

नायब सुब्बा धमलालाई सेवाग्राहीसँग बाह्र हजार घुस लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको हो ।

फैसलाको प्रतिलिपि दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा नायब सुब्बा धमलालाई नियन्त्रणमा लिएको अख्तियारले जानकारी दिएको छ ।

अनुसन्धानको क्रममा बाँके जिल्ला अदालतको मुद्दा मिसिल अभिलेख रहेको फाँट ‘क’ मा कार्यरत नायब सुब्बा धमलाले बैनाबट्टा लेनदेन मुद्दाको अदालतबाट भएको फैसलाको प्रतिलिपि उपलब्ध गराई दिने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग बाह्र हजार घुस माग गरेको देखिएको छ ।

धमला विरुद्ध कैद र बिगो बमोजिम जरिवाना सजायको मागदाबी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + two =