विघटित प्रतिनिधिसभाको एमाले सम्बद्ध सदस्यहरूको बैठक जारी (तस्बिरहरू)

काठमाडौँ । विघटित प्रतिनिधिसभाका नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्बद्ध सदस्यहरूको बैठक जारी छ ।

पछिल्लो राजनीतिक घटना, संसद् पुनस्र्थापनाकालगायतका विषयमा छलफल गर्न आज उक्त विघटित संसदीय दलको बैठक दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्ष्तामा सो पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा सुरु भएको हो ।

सो दलका प्रमुख सचेतक महेश बर्तौलाले संसद् पुनस्र्थापनाका लागि आफूहरू सर्वोच्च अदालतमा जाने या नजाने भन्ने विषयमा बैठकले निर्णय गर्ने बताए ।

बैठकमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत नेताहरू पनि सहभागी छन् ।

हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 12 =