माइतीघरमा नयाँ संविधानको माग गर्दै प्रदर्शन (तस्बिरहरू)
२०८२ कार्तिक २९ गते

काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले माइतीघरमा नयाँ सामाजिक व्यवस्था र नयाँ संविधानको माग गरी प्रदर्शन गरेको छ ।
शनिवार दिउँसो नयाँ संविधान निर्माणसहितका विभिन्न माग राखेर माइतीघरमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले जेन–जी विद्रोहको मर्म र भावनाको आत्मसाथ गरौँ, आजको समयको विद्रोहको सम्भावनालाई नयाँ उचाइमा लगौँ, विद्रोहलाई क्रान्तिमा रूपान्तरण गरौँ, भ्रष्टाचारीलाई कारबाही गर, साम्राज्यवादका सबै रूपहरूसँग संघर्ष गरौँ, राष्ट्रिय स्वाधीनता र वैज्ञानिक मौलिकताको रक्षाको सङ्कल्प गरौँ, वैदेशिक दलालहरू होसियार लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
हेर्नूहोस् तस्बिरहरू:

२०८२ कार्तिक २९ गते
प्रतिक्रिया
सम्बन्धित








