काठमाडाैंमा जनप्रदर्शन गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ । बिहीबार काठमाडौंको भृकुटीमण्डमा दिउँसो १ बजे जनप्रदर्शनसहितको जनसभा गर्ने सो पार्टीले जनाएको छ । त्यसका लागि मध्याह्न १२ बजे सुन्धाराबाट प्रदर्शन सुरू हुनेछ ।

त्यहाँबाट प्रदर्शन गर्दै भृकुटीमण्डप पुग्ने र त्यहाँ जनसभामा परिणत हुने कार्यक्रम तय भएको छ । नेकपाबाट चिरन पुन समूहले विद्रोह गरी बुधबार माओवादी केन्द्रसहित १० वटा वाम घटकसँग एकीकरणबाट नेपाली कम्युनिस्ट पार्टी घोषणा गरेको छ । जेनजी आन्दोलनपछि वाम एकताको पहल गरेका विप्लव भने बुधबारको एकतामा सहभागी भएनन् ।

उनले निर्वाचनमा आयोगमा आफ्नो दल दर्ता गरेका छन्। आयोगमा दल दर्ता गर्दा पार्टीको नाम भने कम्युनिस्ट पार्टी नेपाल राखिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =